आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : मछिन्द्र र आर्मीले अंक बाँडे

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 375
    SHARES
  • ए डिभिजन लिग : मछिन्द्र र आर्मीले अंक बाँडे

    मंसिर १३ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविकको विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबर खेल्दै अंक बाँडेका छन् ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा दुवै टोलीले गोल रहित बराबर खेल्दै अंक बाढेका हुन् ।

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेता पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीले खेलमा आक्रामक फुटबल खेले पनि सफल हुन सकेनन् ।  खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङदेम्बे घोषित भए । 

    images

    उक्त बराबरीसँगै मछिन्द्रले २ खेलबाट ४ अंक बनाएको छ । यता, लगातार दोस्रो बराबरसँगै आर्मीले दुई खेलबाट २ अंक जोडेको छ । दोस्रो चरणको समाप्तिसँगै मनाङ मर्स्याङ्दी क्लब ६ अंक सहित शीर्ष स्थानमा छ । तेस्रो चरणको खेल अब शुक्रबारबाट सुरु हुनेछ ।