आइतबार, भाद्र २८ गते २०८३
images

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 273
    SHARES
  • यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

    मंसिर १५ काठमाडौं। आगामी इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् । 

    images

    १५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ  । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन गर्न अनुमति दिएको छ । 

    जसअनुसार चार टिमले ४–४ खेलाडी रिटेन गर्दा तीन टिमले समान ३–३ र एक टिमले २ खेलाडी रिटेन गरेका छन् । यसपटक एक टिमले खेलाडीका लागि कुल ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउँनेछ । 

    images

    नयाँ सिजनको आईपीएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहेमदावादले समेत बाँकी खेलाडीबाट ३–३ खेलाडी टोलीमा राख्न पाउने छन् । त्यसपछि मात्रै सबै १० टोलीबीच ‘मेगा अक्सन’ हुनेछ । 

    कुन टिमले कुन–कुन खेलाडी रिटेन गरे ?
    चेन्नाई सुपर किंग्स– रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, ऋतुराज गैकवाड
    दिल्ली क्यापिटल्स – ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शाव, एनरिक नोर्टजी
    कोलकता नाइट राइडर्स– आन्द्रे रसेल, वरुण चक्रवर्ती, बैन्काटेस अयर, सुनिल नारिन 
    मुम्बई इन्डियन्स– रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, कायरन पोलार्ड
    पञ्जाब किंग्स ११– मायंक अग्रवाल, अर्शदी सिंह 
    राजस्थान रोयल्स– सन्जु सामसन, जोस बटलर, यशस्वी जैसवाल 
    रोयल च्यालेन्जर्स बैंग्लोर– विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज 
    सनराइजर्स हैदरावाद– केन विलियम्सन, अब्दुल समाद, उर्मान मलिक