एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिक क्लबमाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एथ्लेटिकोलाई १–० गोलको जित निकालेको हो ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई जिताउन करिम बेन्जेमाले निर्णायक गोल गरे । उनले खेलको ४०औं मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो ।
उक्त जितसँगै शीर्ष स्थानको रियलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । रियलले १५ खेलमा ३६ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एथ्लेटिकोसँग २९ अङ्क छ । उसले १४ खेल खेलेको छ । पराजित एथ्लेटिक भने २० अङ्कका साथ आठौँ स्थानमा छ ।


