आइतबार, भाद्र २८ गते २०८३
images

डियाज र सिल्भाको गोलमा सिटी विजयी 

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 285
    SHARES
  • डियाज र सिल्भाको गोलमा सिटी विजयी 

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले एष्टन भिल्लामाथि जित निकालेको छ । बुधबार राति सिटीले भिल्लालाई उसैको घरेलु मैदानमा २-१ गोलले हराएको हो ।

    images

    पाहुना टोली सिटीको जितमा रुबेन डियाज र बर्नान्डो सिल्भाले १/१ गोल गरे भने भिल्लाका ओली वाटकिन्सले १ गोल फर्काए । सिटीले पहिलो हाफमा २ गोल गर्दै दोब्बर अग्रता बनाएको थियो भने भिल्लाले दोस्रो हाफमा १ गोल फर्काएको थियो ।

    खेलको २७औं मिनेटमा डियाजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ४३औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले पहिलो हाफमा २-० गोलको अग्रता बनाएको हो । खेलको ४७औं मिनेटमा भिल्लाका वाटकिन्सले गरेको गोल घरेलु टिमका लागि सान्त्वना गोल बन्यो । 

    images

    उक्त जितसँगै दोस्रो स्थानको सिटीले १४ खेलमा ३२ अङ्क जोडेको छ । भिल्ला भने १६ अङ्कका साथ १३औँ स्थानमा छ ।