आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : युनाइटेड भर्सेस आर्सनल महाभिडन्त आज, कस्ले मार्ला बाजि ?

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 791
    SHARES
  • प्रिमियर लिग : युनाइटेड भर्सेस आर्सनल महाभिडन्त आज, कस्ले मार्ला बाजि ?

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाइटेडले आर्सनलको सामना गर्दै छ । नेपाली समयअनुसार राति २ बजेबाट सुरु हुने यो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । 

    images

    यस खेलमा दुवै टिम शीर्ष क्लबसँग अंक दुरी छोट्याउने लक्ष्यमा हुने छन् । आर्सनल हाल २३ अंकका साथ पाँचौँ स्थानमा छ भने युनाइटेड १८ अंकका साथ दसौँ स्थानमा छ । दुवैले समान १३ खेल खेलेका छन् । 

    यस खेलमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पर्ने अपेक्षा गरिएको छ । यसअघि चेल्सीसँगको खेलमा युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले रोनाल्डोलाई बेन्चमा राखेका थिए । जुन खेलमा युनाइटेड र चेल्सीले १-१ गोलको बराबरी खेलेका थिए ।

    images