एजेन्सी । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् । प्रिमियर लिग अन्तर्गत गत राति आर्सनलविरुद्ध ३-२ को जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ८ सय गोल पुरा गरेका हुन् ।
३६ वर्षीय रोनाल्डोले व्यवसायिक खेल करिअरमा स्पोर्टिङ सिपीबाट ५, म्यानचेस्टर युनाइटेडबाट ११८, रियल मड्रिडबाट ४५०, युभेन्ट्सबाट १०१, पोर्चुगलबाट ११५ र जारी सिजन युनाइटेडबाट १२ गोल गरेका छन् । रोनाल्डो विश्व फुटबलको सर्वकालिन सर्वाधिक गोलकर्ता समेत हुन्। उनले पोर्चुगलका लागि ११५ गोल गर्दै सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए।

