आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो हाफ : एपीएफविरुद्ध सातदोबाटोलाई अग्रता

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 566
    SHARES
  • पहिलो हाफ : एपीएफविरुद्ध सातदोबाटोलाई अग्रता

    मंसिर १७ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नव प्रवेशिक टोली सातदोबाटो युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा भइरहेको छ ।

    images

    जसमा पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफमा सातदोबाटोले २-० गोलको अग्रता बनाएको छ । उसका लागि खेलको ४२औं मिनेट र अतिरिक्त समयमा पुनः मार्टिन कायोडे अजयले गोल गरि २-० गोलको अग्रता दिलाए ।

    खेलमा एपीएफले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेन । त्यस्तै खेलमा एपीएफले आफ्नो पहिलो गोलरक्षक अमिर कुमार चौधरीलाई चोटको कारण मैदान बाहिर निकाल्नु परेको थियो । उनको स्थानमा दिल कुमार लिम्बू मैदान प्रवेश गरेका थिए ।

    images