आइतबार, भाद्र २८ गते २०८३
images

मार्टिनको ह्याट्रिकमा एपीएफमाथि सातदोबाटोको सानदार जित

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 270
    SHARES
  • मार्टिनको ह्याट्रिकमा एपीएफमाथि सातदोबाटोको सानदार जित

    मंसिर १७ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नव प्रवेशिक टोली सातदोबाटो युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफमाथि सानदार जित निकालेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमम सातदोबाटोले एपीएफमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो ।

    सातदोबाटोको जिता मार्टिन कायोडे अजयले ह्याट्रिक पूरा गरे भने सुशील राईले १ गोल गरे । मार्टिनले गरेको ह्याट्रिक यस प्रतियोगिताकै पहिलो ह्याट्रिक समेत हो । यता एपीएफका लागि विकि तामाङले सान्त्वना गोल गरे । पहिलो हाफमै २-० गोलको अग्रता बनाएको सातदोबाटोले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल ब्यहोर्नुपरेको थियोे ।

    images

    उक्त जितसँगै सातदोबाटो अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ३ खेलबाट ७ अंक पुगेको छ । यता पराजित एपिएफले भने लगातार तेस्रो हार व्यहोर्दै पुछारमा रहेको छ ।