आइतबार, भाद्र २८ गते २०८३
images

बाह्रबिसे कप ब्याडमिन्टनको उपाधि रत्न र रसिलालाई

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 258
    SHARES
  • बाह्रबिसे कप ब्याडमिन्टनको उपाधि रत्न र रसिलालाई

    मंसिर १९ चौतारा । बाह्रबिसे  कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन् । सेनाको वर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नवीन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन ।

    images

    रत्नले उपाधिका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएका नवीनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रसिला महर्जनले सेनाकै अमिता गिरीमाथि  जित निकाल्दै उपाधि कब्जा गरिन् ।

    उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् । रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

    images

    उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् । पुरुष युगल तर्फ विजयी र उपविजयी खेलाडीहरूले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।