आइतबार, भाद्र २८ गते २०८३
images

चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थान 

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 210
    SHARES
  • चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थान 

    एजेन्सी । अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । 

    images

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए । 

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे । 

    images

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३-२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो । 

    उक्त जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ ।