आइतबार, भाद्र २८ गते २०८३
images

लुम्बिनीलाई यु-१९ राष्ट्रिय क्रीकेटको उपाधि

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 336
    SHARES
  • लुम्बिनीलाई यु-१९ राष्ट्रिय क्रीकेटको उपाधि

    मंसिर १९ काठमाडौं । लुम्बिनी प्रदेशले वाईवाई यु-१९ राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधी जितेको छ । आइतबार टियु मैदानमा सम्पन्न फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।

    images

    लुम्बिनीले दिएको २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिम २८.३ ओभरमा ९९ रनमा अल आउट भयो।सुदुरपश्चिमका लोकेश बमले ३९ बलमा ४ चौकासहित सर्वाधिक २५ रनको योगदान दिए।कप्तान खडक बोहोरा २१,शेर मल्ल १५ र नारायण जोशी ११ रनमा आउट भए।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।

    बलिङतर्फ लुम्बिनीका अजय चौहानले ५.३ ओभरमा २० रन खर्चेर ५ विकेट लिए।दुर्गेश गुप्ताले ९ ओभरमा ३ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए।मोहम्मद हुसेनले २ विकेट लिए।

    images

    त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय १२ रन जोडेको थियो।लुम्बिनीका कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए।विशाल बिक्रम केसी ५१,गुर्गेश गुप्ता ३२ र प्रज्वल थापा २४ रनमा आउट भए।

    बलिङतर्फ सुदुरपश्चिमका आकाश चन्दले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले १० ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले १० ओभरमा २ मेडन राख्दै ३७ रन खर्चेर २ विकेट लिए । नरेन्द्र साउद र राहुल भण्डारीले एकएक विकेट लिए ।

    लिग चरणमा लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष र सुदूर ६ खेलमा ४ मा जित र २ हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए।