मंसिर १९ काठमाडौं । राजधानीमा जारी कतर एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेसो चरणको खेलमा त्रिभुवन आर्मी फुटबलले पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको एक मात्र खेलमा आर्मीले बीबीसीमाथि १-० गोलको कठिन जित निकालेको हो । आर्मीको जितमा कप्तान भरख खवासले गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५औं मिनेट भरतले गोल गरि आर्मीलाई महत्त्वपूर्ण ३ अंक दिलाए ।
सुरुवाती २ खेलमा बराबरीमा रोकिएको आर्मीले तेस्रो खेलमा जितको स्वाद चाखेको हो । खेलमा आर्मीले धेरै राम्रो अवसर सिर्वना गरेता पनि थप गोल भने गर्न सकेन ।
उक्त जितसँगै आर्मीले ३ खेलबाट ५ अंक बनाएको छ । यता पराजित बीबीसीलेको भने समना ३ खेलबाट ४ अंक रहेको छ । साथै उसको प्रतियोगिताको पहिलो हार व्यहोर्नुपरेको छ ।


