आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि युनाइटेडको जित

एक्सप्रेस पाना
मंसिर २०, २०७८ सोमबार
  • 507
    SHARES
  • प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि युनाइटेडको जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो ।

    images

    घरेलु टोली युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औं मिनेटमा गरे ।

    त्यस्तै अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ ।  घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १/१ गोल गरे । 

    images

    उक्त जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ । अर्काे खेलमा टोटनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेकोे छ ।