एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब एसी मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेको हो ।
सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १/१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे ।
खेलको २८औं मिनेटमा फिकोले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । यसपछि सलाहले ३६औं मिनेटमा गोल गर्दौ टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५औं मिनेटमा विजयी गोल गरे ।
हारसँग मिलानले प्रिक्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । उक्त जितसँगै लिभरपुल समूह चरणमा सत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो ।
राति नै भएको समूह ‘बी’ को खेलमा एथ्लेटिको म्यड्रिडले एफसी पोर्टोलाई पराजित गरेको छ । ६ खेलमा जित निकालेर १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नट आउट चरणमा स्थान बनायो । पराजित पोर्टो ५ अंक र ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।


