आइतबार, भाद्र २८ गते २०८३
images

जावलाखेलमाथि सहज जित निकाल्दै मछिन्द्र दोस्रो स्थानमा उक्लियो

एक्सप्रेस पाना
मंसिर २२, २०७८ बुधबार
  • 381
    SHARES
  • जावलाखेलमाथि सहज जित निकाल्दै मछिन्द्र दोस्रो स्थानमा उक्लियो

    मंसिर २२ काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै राजधानीमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

    images

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि रञ्जित धिमालले १ गोल गरे । यस्तै जावलाखेलका डिफेन्डर सिमन्त थापाले आत्मघाती गोल गरे ।

    उक्त जितसँगै सुरुवाती तीन खेलबाट ७ अंक जोडेको मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटो युथ क्लबसँग अंक र गोल अन्तरमा बराबरी भए पनि थोरै कार्डको आधारमा मछिन्द्र दोस्रो स्थानमा उक्लिएको हो । यस्तै, पराजित जावलाखेल तेस्रो चरण सकिँदा पनि जित र अंकबिहीन रहँदै तालिकाको १३औं स्थानमा छ । पहिलो खेलमा मनाङसँग १–० को नतिजामा पराजित जावलाखेल दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १–० ले हारेको थियो । योसँगै तेस्रो चरणका खेल सकिएको छ ।

    images