आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन्स लिग : युभेन्ट्स समूह विजेता, चेल्सी उपविजेता

एक्सप्रेस पाना
मंसिर २३, २०७८ बिहीबार
  • 524
    SHARES
  • च्याम्पियन्स लिग : युभेन्ट्स समूह विजेता, चेल्सी उपविजेता

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । 

    images

    समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्‍याे । घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो । 

    समूहको अर्काे खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो ।  चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । 

    images

    उक्त जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।