आइतबार, भाद्र २८ गते २०८३
images

गौरिकाले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 481
    SHARES
  • गौरिकाले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्

    काठमाडौँ । नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।  टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।

    images

    बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।  हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

    यसअघि गौरिकाको नाममा १:००:६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

    images

    Screenshot-202-1024x486-1.png