एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स फुटबलमा स्पेनिस ला लिगा क्लब भिल्लारियल अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
बिहीबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ३-२ अन्तरले पराजित गर्दै भिल्लारियल समूह ‘एफ’ को उपविजेताको रुपमा नक आउटमा स्थान बनाएको हो ।
यसै समूहबाट म्यानचेष्टर युनाईटेड विजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो । पाहुना टोली भिल्लारियलको जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । पराजित एटलान्टाका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे ।


