आइतबार, भाद्र २८ गते २०८३
images

२८ मंसिर देखि दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

एक्सप्रेस पाना
मंसिर २४, २०७८ शुक्रबार
  • 355
    SHARES
  • २८ मंसिर देखि दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

    मंसिर २४ सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपनलिका ७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नमुना युवा जागरण समुह मेलम्ची ७ छापको आयोजनामा हुने उक्त प्रतियोगिता यहि मंसिर २८ देखि पौष २ गतेसम्म दुवाचौर सामुदायिक खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु। १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार र २० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    images

    प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु.५ हजार लाग्ने संयोजक ओम तामाङ वाईबाले जानकारी दिनुभयो । देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको नमुना युवा जागरण समुहका अध्यक्ष सिरचा तामाङले बताउनु भयो ।साभार :रेडियो मेलम्ची