आइतबार, भाद्र २८ गते २०८३
images

च्यासलविरुद्ध आर्मीलाई पहिलो हाफ २-० गोलको अग्रता

एक्सप्रेस पाना
मंसिर २४, २०७८ शुक्रबार
  • 519
    SHARES
  • च्यासलविरुद्ध आर्मीलाई पहिलो हाफ २-० गोलको अग्रता

    मंसिर २४ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० गोलको अग्रता बनाएको छ । पहिलो हाफमा आर्मीका लागि जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले १/१ गोल गरे ।

    खेलको १८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३६ औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता दिलाए ।

    images

    तीन खेलमा ५ अंक जोडेको आर्मी लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट तीन अंकको खोजीमा हुनेछ । च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल पनि आर्मीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।