आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : एनआरटी र सातदोबाटो तथा शेर्पाले मछिन्द्रको सामना गर्दै

एक्सप्रेस पाना
मंसिर २५, २०७८ शनिबार
  • 277
    SHARES
  • ए डिभिजन लिग : एनआरटी र सातदोबाटो तथा शेर्पाले मछिन्द्रको सामना गर्दै

    मंसिर २५ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरण जारी रहँदा दोस्रो दिन दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ पौने ५ बजे खेल हुनेछन् । 

    images

    शनिबारको पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच भिडन्त हुनेछ । सातदोबाटो प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । सातदोबाटो ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

    खराब प्रदर्शनमा रहेकाे एनआरटी भने पहिलो जितको खोजीमा छ । विदेशीसहित केहीस्तरीय राष्ट्रिय खेलाडी सम्मिलित एनआरटीले सोच अनुरुप लिगमा प्रदर्शन दिन सकेको छैन । एनआरटी ३ खेलबाट २ अंक जोडेर ११ औँ स्थानमा छ । 

    images

    दिनको दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि जोगाउने योजना बनाएको मछिन्द्र सिष्टममा फुटबल खेल्दै गरेका शेर्पालाई पराजित गर्दै आफ्नो यात्रलाई अगाडि बढाउने प्रयासमा हुनेछ । 

    अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेको मछिन्द्र खेलमा पकड जमाउँदै शेर्पाबाट तीन अंक जोड्न दाउमा छ । ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा छ ।  शेर्पासमेत मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजाको दाउँमा छ । युवा र विदेशी खेलाडी मिश्रित शेर्पा पहिलो जित निकाल्ने योजनामा छ । शेर्पा ३ खेलमा २ अंक जोडेर १० औँ स्थानमा छ । जारी लिगमा १० जित निकालेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ ।