आइतबार, भाद्र २८ गते २०८३
images

सातदोबाटोको अपराजित यात्रामा एनआरटीले लगायो पूर्णबिराम

एक्सप्रेस पाना
मंसिर २५, २०७८ शनिबार
  • 605
    SHARES
  • सातदोबाटोको अपराजित यात्रामा एनआरटीले लगायो पूर्णबिराम

    मंसिर २५ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले पहिलो जित निकालेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गरेको हो । 

    मेसुके ओलोउमोउले मिलाएको पासलाई ४६औं मिनेटमा समिरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे । त्यसपछि बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

    images

    उक्त पहिलो जितपछि ४ खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो ४ खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ । ४ खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।