मंसिर २५ काठमाडौं । गोदावरी नगरपालिका स्तरीय वडा कप फुटसल प्रतियोगिता २०७८ को उपाधि वडा नम्बर पाँचले जितेको छ । उक्त उपाधिसँगै पाँच नम्बरले नगद पाँच हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यता उपविजेता एक नम्बरले नगद तीन हजार ट्रफी मेडल र प्रमाणपत्र हात पारेको हो ।
कुल १२ टोली सहभागी यस प्रतियोगितालाई गोदावरी युवा क्लब र नगरपालिकाको संयुक्त आयोजना आज शनिबार गोदावरी फुटसल टौखेलमा सम्पन्न भएको हो ।
१२ टोलीलाई चार समुहमा विभाजन गरिएको थियो । जसमा समूह ए बाट वडा नम्बर नौ, समूह बि बाट वडा नम्बर एक , सि बाट र समूह डि बाट वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेका थिए ।
त्यस्तै यस प्रतियोगितामा उद्घाटान गोदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जनबाट शुभार्मब भएको थियो भने समापन मानानिया नवराज सिलवालबाट भएको थियो ।


