आइतबार, भाद्र २८ गते २०८३
images

शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 265
    SHARES
  • शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष क्लब एसि मिलान र युभेन्ट्स इटालियन शनिबार राति भएको फरक खेलमा बराबरीमा रोकिएका छन् । 

    images

    खेलको इन्जरी समयमा अनुभवी खेलाडी जाल्टान इभ्राहिमोभिकको गोलसँगै शीर्ष स्थानको मिलान १० खेलाडीमा सीमित उडिनेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।  

    खेलको १७औं मिनेटमा उडिनेसले बेटोको गोलमा अग्रता बनायो । इन्जरी समयमा जाल्टानले गोल गर्दा उडिनेस घरेलु मैदानमा जितबाट बञ्चित भयो । खेलको अन्तिम मिनेटमा घरेलु टोलीका इशाक सक्सेकले रातो कार्ड बेहोरेका थिए । 

    images

    बराबरीसँगै एसि मिलान १७ खेलबाट ३९ अंक सहित शीर्षस्थानमा यथावत छ । इन्टर मिलान भने १ खेल कम खेल्दै ३७ अंक बनाएर दोस्रो स्थानमा छ । पराजित उडिनेस भने १७ खेलबाट १७ अंकसहित १५औँ स्थानमा छ । 

    अर्को खेलमा पाहुना टोली युभेन्ट्स भेनेजियासँग १-१ अन्तरको बराबरीमा रोकियो । खेलको सुरुवाती अग्रता भने पाहुना टोली युभेन्ट्सले बनायो । उसका फरवार्ड अल्भारो मोरटाले खेलको ३२औं मिनेटमा अग्रता बनाए । 

    एक शून्य गोलले पछि परेको घरेलु टोलीका माटिया अरामुले ५५औं मिनेटमा गोल गर्दै हार टारे । उक्त बराबरीसँगै युभेन्ट्स १७ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । भेनेजिया समान खेलबाट १६ अंक बनाउँदै १६औं स्थानमा छ।