आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो जितको खोजीमा रहेको एपीएफले थ्री स्टारको सामना गर्दै

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 294
    SHARES
  • पहिलो जितको खोजीमा रहेको एपीएफले थ्री स्टारको सामना गर्दै

    मंसिर २६ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जितको भोको बनेको एपीएफ फुटबल क्लबले औषत प्रदर्शन गर्दै आएको थ्री स्टार क्लबको सामना गर्दै छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्र खेलमा रुसलान थ्री स्टार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल दिउँसो ४स्४५ बजे सुरू हुनेछ ।

    images

    लिगमा एपीएफ पहिलो जितको खोजीमा हुनेछ । एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ । एपीएफले तीन खेल खेल्दा अंक जोड्न सकेको छैन । जारी लिगमा एपीएफ पुछारमा छ । 

    एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।

    images

    यता, थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टार तीन खेलमा चार अंक जोडेर आठौं स्थानमा छ ।  

    थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको  बराबरीमा रोकिएको थियो । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।