शुक्रबार, भाद्र २६ गते २०८३
images

 राष्ट्रिय योजना आयोगका उपाध्यक्षको शपथ सिंहदरबारमा 

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 369
    SHARES
  •  राष्ट्रिय योजना आयोगका उपाध्यक्षको शपथ सिंहदरबारमा 

    काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष पौडेललाई शपथ गराएका हुन्।

    images

    साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले पौडेललाई आयोगमा नियुक्त गरेको थियो। बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको थियो।

    अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०को आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका डा पौडेल काठमाडौं यूनिभर्सिटीमा स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन्। यसअघि डा। स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा पौडेलले आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए।

    images

    अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि गरेका पौडल पछिल्लो समय आर्थिक विषयमा नियमित विश्लेषणात्मक लेख लेख्ने गरेका छन्। चितवनका स्थायी बासिन्दा पौडेल योजना आयोका पूर्वउपाध्यक्ष वाग्लेका समकक्षी समेत हुन्।