आइतबार, भाद्र २८ गते २०८३
images

एपीएफलाई पहिलो अंक

एक्सप्रेस पाना
मंसिर २६, २०७८ आइतबार
  • 241
    SHARES
  • एपीएफलाई पहिलो अंक

    मंसिर २६ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले रुस्लान थ्री स्टार फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

    images

    त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको दिनको एक मात्रै खेलमा एपीएफ र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाढेका हुन् । 

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् । तुलनात्मक रुपमा थ्री स्टारले भन्दा एपीएफले केहि राम्रो अवसर प्राप्त गरेता पनि गोल गर्न असफल भयो ।

    images

    उक्त बराबरीसँगै एपीएफले पहिलो अंक बटुलेको छ । लगातार ३ खेलमा पराजित भएको एपीएफले ४ खेलबाट १ अंक बनाएको छ । त्यस्तै यता थ्री स्टारको भने समान खेलबाट अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।