आइतबार, भाद्र २८ गते २०८३
images

मडिड्र डर्बी : रियलको सहज जित

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 341
    SHARES
  • मडिड्र डर्बी : रियलको सहज जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत जारी सिजनको पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० गोल अन्तरको सहज जित निकालेको हो । 

    images

    घरेलु टोली रियलको लागि खेलको १६औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए ।

    उक्त जितसँगै रियालले १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ । 

    images

    ला लिगा अन्तर्गत आइतबार भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ । १२औं मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए ।

    ४९औँ मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर, खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए । उक्त बार्सिलोनासँगै १७ खेलमा २४ अंकसहित आठौं स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औं स्थानमा छ ।