काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। आजको बैठक पनि पार्टीको आसन्न महाधिवेशनमा केन्द्रित हुने काँग्रेसले बताएको छ।
बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ। नेपाली काँग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने जनाएको छ। बुधवार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।
कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरूसँग पनि छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। आजको बैठक देशव्यापीरुपमा कोरोनाको अवस्था के छ रु भन्नेमा केन्द्रित हुने बताइएको छ। काँग्रेस महाधिवेशन आउन अब ३४ दिन मात्रै बाँकी छ। तर, निर्वाचन समितिले कम्तीमा पनि ५३ दिनको समय लाग्ने बताएको छ।


