एजेन्सी । युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजीं)ले घरेलु मैदानमा मोनाकोमाथि २-० गोल अन्तरको सहज जित निकालेको छ ।
आइतबार राति डे पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीको जितमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो ।
उनले खेलको १२औं मिनेटमा पेनाल्टी गोल गरे । भने ४५औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए । उक्त जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । यता पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा छ ।


