आइतबार, भाद्र २८ गते २०८३
images

मार्टिनेजको दुई गोलमा इन्टर शीर्ष स्थानमा

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 334
    SHARES
  • मार्टिनेजको दुई गोलमा इन्टर शीर्ष स्थानमा

    एजेन्सी । युवा स्टार लाउटारो मार्टिनेजको दुई गोल प्रेरित खेलमा इटालीयन सिरी ए फुटबलमा साविको विजेता इन्टर मिलानले आइतबार काग्लियारीमाथि ४-० अन्तर सहज जितका साथ इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो । खेलको २९औं मिनेटमा मार्टिनेजले इन्टरका लागि खाता खोले । ४४औं मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

    ५०औं मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता ३-० मा पुर्‍याए । त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गरे ।

    images

    उक्त जितसँगै इन्टरको १७ खेलमा ४० अंक छ । दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ ।