आइतबार, भाद्र २८ गते २०८३
images

एभीसी सेन्ट्रल जोन खेल्ने महिला तथा पुरुष टोलीको टुंगो लाग्यो 

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 524
    SHARES
  • एभीसी सेन्ट्रल जोन खेल्ने महिला तथा पुरुष टोलीको टुंगो लाग्यो 

    मंसिर २७ काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ । बंगलादेशको ढाकामा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने टुंगो लागेको नेपाल भलिबल संघ (एनभीए)ले जनाएको हो ।

    images

    प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म आयोजना हुनेछ । महिलातर्फ आयोजक बंगलादेशसँगै किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान रहेका छन् । 

    पुरुषतर्फ आयोजक बंगलादेशसँगै माल्दिभ्स, नेपाल,  श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एनभीएले जनाएको छ । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि भिड्नेछन् । 

    images

    यसअघि ढाकामै भएको महिला च्याम्पियनसिपको नेपाल विजेता हो । यता, नेपालमै भएको पुरुषतर्फको प्रतियोगितामा भने आयोजक नेपाल समूह चरणबाटै माथि बढ्न सकेन । 

    प्रतियोगिताको लागि एनभीएले १२ सदस्यीय महिला तथा पुरुष दुबै राष्ट्रिय टोली छनोट गरिसकेको छ । पुरुषतर्फ डच प्रशिक्षक हाङ एविङ रहने छन् भने महिलातर्फ जगदिश भट्ट छन् । 

    महिला टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ (लिविरो) 

    पुरुष टोली : इम राना मगर (कप्तान), हरि हजुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, टेकराज अवस्थी, राजेन्द्र विष्ट, बिशालबहादुर विक, सरन सामरी क्षेत्री, विनोदबहादुर चन्द (लिविरो)