शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रधानमन्त्री देउवालाई योग्य सहयात्री रोज्न माधव नेपालको आग्रह  

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 518
    SHARES
  • प्रधानमन्त्री देउवालाई योग्य सहयात्री रोज्न माधव नेपालको आग्रह  

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई योग्य सहयात्री रोज्न माधव नेपालले आग्रह गरेका छन् ।  एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सक्षम सहयोगी चुन्न आग्रह गरेका हुन् ।  
    मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् ।

    images

    विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए ।

    प्रमुख अतिथिको रुपमा सहभागी देउवातर्फ हेर्दै नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

    images

    आफू २००९ मे देखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेको र त्यो अवधिमा प्रकृति संरक्षणको सन्दर्भमा केही काम हुन गएको कुराप्रति आफूलाई गौरववोध पनि हुने गरेको नेपालले बताए ।

    कार्यक्रममा सहभागी राप्रपाका नेता दीपक बोहोराको नामै लिएर नेता नेपालले उनीजस्तो प्रतिबद्ध मन्त्री नभएको भए आफूले गौरव गर्न लायक काम गर्न नसक्ने भनाइसमेत राखे ।