मंसिर २७ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा संकटा फुटबल क्लबले नेपाल पुलिस क्लबमाथि कठिन जित निकालेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा संकटाले पुलिसमाथि १-० गोलको जित निकालेको हो । निकै रोमाञ्चक बनेको खेलमा संकटाको जितमा निरज बस्नेतले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा संकटा विजयी भयो । उक्त जितसँगै संकटाले ४ खेलबाट ८ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ । यता पराजित पुलिसको भने समान खेलबाट ५ अंकसहित सातौं स्थानमा रहेको छ ।


