मंसिर २७ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल २०७८ अन्तर्गत चौथो चरणको अन्तिम खेलमा बीबीसीसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले पहिलो अंक जोडेको हो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा जावलाखेलले बीबीसीसँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा दुबै टोलीले केही राम्रो अवसर पाएता पनि कुनै टोलीबाट थप गोल हुन सकेन । उक्त बराबरीसँगै जावलाखेलले ४ खेलबाट १ अंक बनाएको छ । त्यस्तै बीबीसीले समान ४ खेलबाट ५ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।
खेलको म्यान अफ दि म्याच जावलाखेलका सुरज ज्यु ठकुरी चुनिए । यस्तै इमर्जिङ प्लेयरको अवार्ड ब्रिगेडका रोशन राना मगरले प्राप्त गरे ।


