एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र पुनः गरिने भएको छ । रिपोर्टका अनुसार केही टेक्निकल समस्याका कारण हालको ड्रलाई रद्द गरिएको भनिएको हो ।
युईएफले आज सोमबार अन्तिम १६ को ड्र सार्वजनिक गरेता पनि त्यसलाई रद्द गरि पुनः गरिने बताएको छ । युईएफएले सार्वजनिक गरेको अन्तिम १६ को ड्र अनुसार इंग्लिस प्रिमियर लिग फुटबल क्बल म्यान्चेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीले प्रतिस्पर्धा गर्ने भएका थिए । भने स्पेनिस ला लिगा फुटबल एट्लेटिको मड्रिडले जर्मनी क्बल बार्यन म्युनिकसंग प्रतिस्पर्धा गर्ने तालिका तय भएको थियो । जसमा अरु ठुला क्लबहरुलाई तुलनात्मक रुपमा केही सहज प्रतिद्वन्द्वी परेको थियो ।

