मंसिर २७ काठमाडौं । युरोप सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स २०२१/२२ अन्तर्गत अन्तिम १६ को पहिलो ड्र रद्द गरिएपछि दोस्रो पटक ड्र गरिएको छ । पहिलो चरणको ड्र मा प्राविधिक समस्या भएको भन्दै युइएफएले रद्द गर्दै पुरै ड्र पुन: गरेको हो ।
राउण्ड १६ मा खेल्ने १६ टिमलाई समुहलाई समुह चरणका विजेता र उपविजेतालाई अलग अलग पटमा राखेर ड्र गरिएको थियो । जसमा समुह विजेता बनेका ८ टिममा म्यानचेस्टर सिटी, लिभरपुल, अयाक्स, रियल मड्रिड, बायर्न म्युनिख, म्यानचेस्ट युनाइटेड, लिले र युभेन्टस रहेका छन् । त्यस्तै ८ टिमका उपविजेता टोलीमा पिएसजी, एथ्लेटिको मड्रिड, स्पोर्टिंग सिपि, इन्टर मिलान, बेनिफिका, रेड बुल साल्जबर्ग भिल्लारियल र चेल्सी रहेका छन् ।
राउण्ड १६ मा साल्जबर्ग र बायर्न म्युनिखसँग खेल्ने भएको छ भने स्पोर्टिंग सिपी र म्यानचेस्टर सिटीबीच खेल हुने छ । त्यसै गरी राउण्ड १६ मा बेनिफिका र अयाक्सबीच खेल हुने छ भने चेल्सी र लिलेबीच राउण्ड १६ को खेल हुने छ । त्यस्तै एटलेटिको म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच राउण्ड १६ को खेल हुने छ भने भिल्ला रियल र युभेन्टसबीच राउण्ड १६ को खेल हुने छ ।
त्यस्तै इन्टर मिलान र लिभरपुलबीच राउण्ड १६ को खेल हुने छ भने पिएसजी र रियल म्याड्रिडबीच राउण्ड १६ को खेल हुने छ ।नकआउट चरणको पहिलो लिग फेब्रुअरी १६ र २३ मा हुने छ भने दोस्रो लिग मार्च ९ र १६ मा हुने छ । त्यसपछि क्वाटर फाइनलको ड्र मार्च १८ मा हुने छ ।


