आइतबार, भाद्र २८ गते २०८३
images

टोकियो आलम्पिकमा आज टेबल बेनिस र ब्याडमिन्टन 

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 430
    SHARES
  • टोकियो आलम्पिकमा आज टेबल बेनिस र ब्याडमिन्टन 

    काठमाडौँ । टोकियो आलम्पिकमा आज टेबल बेनिस र ब्याडमिन्टनमा नजर रहनेछ ।  बिहीबार पौडीको पाँच स्वर्ण पदकको टुङ्गो लाग्नेछ । पुरुष १०० मिटर फ्रिस्टाइलमा साबिक विजेता अस्ट्रेलियाका केल चाल्मर्स, विश्व विजेता अमेरिकाका केलेब ड्रेसेल र रुस ओलम्पिक कमिटीका क्लेमेन्ट केलेसेलोभको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    images

    यसैगरी महिलाको ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्ने सम्भावना प्रबल रहेको छ ।पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा अस्ट्रेलियाका सेवास्टीन कुक, नेदरल्यान्ड्सका आर्नेट क्रामनेगो र विश्व च्याम्पियन रुस ओलम्पिक कमिटीका एन्थन चुकोभका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    महिला २०० मिटर फ्रिस्टाइलमा झङ झिइलाई बलियो मानिएको छ । पुरुष ८०० मिटर फ्रिस्टाइलमा युक्रेनका मिखायल रोमाञ्चुकलाई बलियो मानिएको छ । जिम्न्यास्टिकको महिला अलराउन्ड स्पर्धा बिहीबार हुनेछ । अमेरिकी स्टार सिमोन वाइल्स उपस्थित नहुने भए पनि रुस ओलम्पिक कमिटीले स्वर्ण जित्ने सम्भावना प्रबल रहेको छ ।

    images