आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : चौथो चरणमा ५० गोल पूरा, एपीएफ र जावलाखेलले जोडे अंक  

एक्सप्रेस पाना
मंसिर २८, २०७८ मंगलबार
  • 360
    SHARES
  • ए डिभिजन लिग : चौथो चरणमा ५० गोल पूरा, एपीएफ र जावलाखेलले जोडे अंक  

    मंसिर २८ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत डिफेन्डर निरज बस्नेतले नेपाल पुलिस क्लबविरुद्ध गरेको गोलसँगै लिगमा ५० गोल पूरा भएको छ । सोमबार चौथो चरणका खेल सकिँदा ५० गोल पूरा भयो । 

    images

    जारी लिगमा संकटाले नै लिगमा सुरुआती गोल गरेको थियो । लिगको उद्घाटन खेल गोलरहित बराबरीमा सकिँदा संकटाका लक्ष्मण रुचालले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गर्दै शीर्ष डिभिजन लिग मा सुरुवाती गोल आफ्नो नाममा लेखे । 

    चौथो चरणको खेल सकिँदा चार टोलीले आफ्नो अपराजित यात्रा कायम राखेका छन् । यस चरणमा रेलिगेसन जोनमा रहेका सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले अंक खाता खोले । चौथो चरणमा आइपुगेर नवप्रवेशी सातदोबाटो युथ क्लब र विभागीय नेपाल पुलिस क्लबले हार बेहोरे । 

    images

    साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब लिगमा अपराजित छन् । चौथो चरणमा सात खेल हुँदा सामान चार खेलबाट १० अंक जोडेको मनाङलाई पछि पार्दै मछिन्द्र शीर्षस्थानमा छ । 

    समान आठ अंकको संकटालाई पछि पार्दै आर्मी तेस्रो स्थानमा छ भने ७ अंकको सातदोबाटो पाँचौ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, ब्रिगेड ब्वाइज क्लब बीबीसी, नेपाल पुलिस र न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौं, आठौं र नवौं स्थानमा छन् । 

    यता, चार अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब क्रमशः ११ र १२ औं स्थानमा छ । चौथो चरणमा आएर पहिलो अंक जोडेका जावलाखेल युथ क्लब र एपीएफ फुटबल क्लब क्रमशः १३ औं र १४ औं स्थानमा छन् । 

    तेस्रो चरणको खेलमा ठूला क्लबहरू मनाङ, मछिन्द्र र आर्मीले सहज जित पाए । एनआरटीले समेत अपराजित रहेको सातदोबाटोविरुद्ध जित पायो । यस्तै बलियो थ्री स्टार एपीएफसँग रोकिन बाध्य भयो । यस चरणमा पाँच खेलमा जितहारको छिनोफानो हुँदा दुई खेलमा कुनै नतिजा आएन । सात खेलमा नौ गोल भए । 

    अब, पाँचौ चरणको खेल शुक्रबारबाट सोमबारसम्म हुनेछ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक मोफसलमा लिग पुर्‍याएको छ । यसअघि केन्द्रकृत लिगलाई एन्फाले पहिलोपटक मोफसलमा लगेको हो । 

    पोखरा रंगशालालाई कीर्तिमानी आठौंपटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले आफ्नो घरेलु मैदान बनाएपछि लिग पोखरा पुगेको हो । ३ पुस (शनिबार) २ बजे मनाङले नेपाल पुलिससँग खेल्दै मोफसलमा शीर्ष डिभिजन लिग पहिलोपटक खेल्नेछ । अन्य खेल भने काठमाडौंनै हुनेछ । यसैगरी मनाङले सातौ र आठौं चरणसमेत पोखरा गएर खेल्नेछ ।