आइतबार, भाद्र २८ गते २०८३
images

म्यारोडोना कपकाे उपाधि बोका जुनियर्सलाई, बार्सिलोना स्तब्ध

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 551
    SHARES
  • म्यारोडोना कपकाे उपाधि बोका जुनियर्सलाई, बार्सिलोना स्तब्ध

    एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    images

    खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा बोका जुनियर्सले बाजी मारेकाे हाे । 

    अर्जेन्टिनी स्टार खेलाडी म्यारोडोनाको गत बर्ष निधन भएपछि उनको सम्झनामा आयोजना गरिएकोे खेलमा बार्सिलोनाले आफ्नो दोस्रो रोजाईका खेलाडीलाई अवसर दिँदा डिफेण्डर ड्यानी आल्भेसले दोस्रो पटक डेब्यु गरे । 

    images