काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन्। बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका प्रचण्डले त्यसलगत्तै माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपालको निवास पुगेका हुन्।
अहिले प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भइरहेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच छलफल भएको थियो।
भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। प्रधानमन्त्री देउवाले आजभोलि नै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको कांग्रेस स्रोतले बताएको छ।


