आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 538
    SHARES
  • साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

    मंसिर २९ काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

    images

    पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । २ खेलमा अंक जोड्न नसकेको श्रीलंका अंकविहीन अवस्थामा रहेको छ ।

    च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध र अन्तिम खेल भारतविरुद्ध खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

    images