शुक्रबार, भाद्र २६ गते २०८३
images

विराटनगरमा मेयर पराजुलीविरूद्ध स्थानियको प्रदर्शन

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 466
    SHARES
  • विराटनगरमा मेयर पराजुलीविरूद्ध स्थानियको प्रदर्शन

    काठमाडौँ ।  विराटनगर महानगरका प्रमुख भीम पराजुलीविरुद्ध विरोध प्रदर्शन भएको छ। मेयर पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरको हुन्।

    images

    कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन्।

    बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए। स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन्।

    images