आइतबार, भाद्र २८ गते २०८३
images

ज्ञानेन्द्र मल्ललाई हटाउँदै क्यानले दियो सन्दीपलाई कप्तानीको जिम्मेवारी

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 263
    SHARES
  • ज्ञानेन्द्र मल्ललाई हटाउँदै क्यानले दियो सन्दीपलाई कप्तानीको जिम्मेवारी

    मंसिर २९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउँदै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ ।

    images

    संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

    मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

    images

    संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ ।  खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए ।