आइतबार, भाद्र २८ गते २०८३
images

किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 387
    SHARES
  • किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

    पुस १ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा नम्बर वान गोलरक्षक कुमारलिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ ।  

    images

    माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५-० अन्तरले पराजित गरेको हो । 

    सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । यसअघि भारतीय आईलिग खेलेका किरणले सम्झौता समाप्त भएसँगै माजियामा अनुबन्ध भएका हुन् । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टस्बाट खेलेका थिए । 

    images

    माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । कीर्तिमान कायम गर्ने क्रमम माजियाले सन् २०१५, २०१६, २०१७ र २०२१ यो उपाधि हात पार्‍याे ।