आइतबार, भाद्र २८ गते २०८३
images

न्युक्यासलमाथि लिभरपुलको पुनरागमन जित

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 211
    SHARES
  • न्युक्यासलमाथि लिभरपुलको पुनरागमन जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले पुनरागमन जित निकालेको छ । बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।  

    images

    घरेलु टोली लिभरपुलरको जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नाेल्डले १/१ गोल गरे । पाहुना टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औं मिनेटमा अग्रता दिलाएका थिए ।

    सुरुवाती समयमै १-० गोलले पछि परेको लिभरपुलको लागि खेलको २१औं मिनेटमा जोटाले गोल गरि खेललाई बराबरी अबस्थामा फर्काए । २५औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

    images

    सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्काे कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । त्यसपछि खेलको ८७औं मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जित दिलाए ।

    उक्त जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । यता पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।