आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-१९ महिला फुटबलमा नेपालले भुटानको सामना गर्दै

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 277
    SHARES
  • साफ यू-१९ महिला फुटबलमा नेपालले भुटानको सामना गर्दै

    पुस २ काठमाडौं । नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पाैने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन । 

    images

    भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोडेका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलंका एक खेलअघि नै उपाधि होडबाट बाहिरिसकेको छ ।

    images

    पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटान दोस्रो खेलमा बंगलादेशसँग ६-० ले हारेको थियो ।