शुक्रबार, भाद्र २६ गते २०८३
images

सभामुख सापकोटा  र गृहमन्त्री खाँबीचबीच छलफल 

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 439
    SHARES
  • सभामुख सापकोटा  र गृहमन्त्री खाँबीचबीच छलफल 

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच संसदको चालु अधिवेशनमा विधेयकहरू अघि बढाउनेलगायतका विषयमा छलफल भएको हो।

    images

    सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको थियो। सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरूको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए।

    उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए।

    images

    यस वर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गत वर्ष पनि बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो।