आइतबार, भाद्र २८ गते २०८३
images

ईर्खुमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 261
    SHARES
  • ईर्खुमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    पुस २ चौतारा । सिन्धुपाल्चोकको जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-८ ईर्खुमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगिता पुस ४ गते आइतबार समापन हुनेछ । उक्त प्रतियोगितामा नगर भरिका २३ वटा विद्यालयको सहभागिता रहेको छ ।

    images

    भलिबलमा (महिला र पुरुष छुट्टाछुट्टै), कबड्डी, एथलेटिक्स, मार्सल आर्टलगायतका विधाका खेल हुनेछन् । हरेक विधामा प्रथम हुनेलाई १५ हजार द्वितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ९ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ । यो वर्ष हरेक विद्यालयलाई प्रोत्साहन स्वरूप दश हजार नगदसमेत प्रदान गरिने नगर खेलकुद विकास समितिका सहसंयोजक अमृतमान श्रेष्ठले बताए ।

    यस प्रतियोगितामा छनोट भएका खेलाडीलाई जिल्लास्तरिय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागी गराइने छ । प्रतियोगिताको नगर प्रमुख अमानसिङ तामाङले उद्घाटन गरेका छन् । गत वर्ष जिल्ला स्तरको राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा चौतारा सांगाचोकगढी नगरपालिका प्रथम भएको थियो ।

    images