आइतबार, भाद्र २८ गते २०८३
images

जावलाखेलको पहिलो जित, च्यासल स्तब्ध

एक्सप्रेस पाना
पौष ३, २०७८ शनिबार
  • 306
    SHARES
  • जावलाखेलको पहिलो जित, च्यासल स्तब्ध

    पुस ३ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत पाँचौं चरणको खेलमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा जावलाखेलले च्यासल युथ क्लबमाथि १-० गोलको रोमाञ्चक जित निकालेको हो ।

    जावलाखेलको जितमा खेलको एक मात्र निर्णायक गोल विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे । उनले पहिलो हाफको खेलको ३७ औं मिनेटमा गरेको गोल जारी लिगमा जावलाखेलको नै पहिलो गोल हो । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा जावलाखेल खेल विजयी भयो ।

    images

    उक्त जितसँगै जावलाखेलले ५ खेलबाट ४ अंक जोड्दै १०औं स्थानमा उक्लिएको छ । यता पराजित च्यासलको भने समान खेलबाट समान अंकसहित ११औं स्थानमा झरेको छ ।